Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

साइबर मुद्दाको अनुसन्धानमा तानिए महेश बस्नेत, सरकार पूर्वाग्राही बनेको आरोप

साइबर मुद्दाको अनुसन्धानमा तानिए महेश बस्नेत, सरकार पूर्वाग्राही बनेको आरोप

मंगलवार , आश्विन १४, २०८२

काठमाडौँ । नेकपा एमालेका नेता महेश बस्नेतमाथि विद्युतीय कारोबार ऐनअन्तर्गत कारबाही प्रक्रिया अघि बढाइएको छ ।

जानुका पाठक (शोभा) ले बस्नेत विरुद्ध सामाजिक सञ्जाल मार्फत चरित्र हत्या गरेको भन्दै प्रहरी प्रधान कार्यालय, साइबर ब्यूरोमा जाहेरी दिएकी थिइन् । सोही जाहेरीलाई प्रहरीले व्यूताएर अनुसन्धान थालेको हो ।

यसअघि प्रहरीले जाहेरीमाथि थप अनुसन्धान गर्न निरर्थक हुने भन्दै तामेलीमा राख्न जिल्ला सरकारी वकिल कार्यालयमा पत्र पठाएको थियो ।

सरकारी वकिलको कार्यालयले पठाएको पत्रमा बस्नेतले फेसबुकमा एक महिलालाई उदृत गर्दै लेखेको विषयबारे स्पष्ट पार्न, सो पोष्ट कुन प्रयोजनका लागि गरिएको हो भन्ने खुलाउन र अनुसन्धानपछि रायसहित प्रतिवेदन पेस गर्न भनिएको छ।

सोही जाहेरीलाई आधार मानेर नेता बस्नेतलाई पक्राउ गर्ने तयारी थालिएको बताइएको छ ।

यसैबीच, सामाजिक सञ्जाल र केही सञ्चारमाध्यममा ‘बस्नेतलाई पक्राउ गर्ने तयारी’ भन्ने समाचार आएपछि नेता बस्नेतले सरकारमाथि तीव्र आक्रोश पोखेका छन्।

उनले आफूलाई मिडिया ट्रायलमार्फत बदनाम गर्ने प्रयास भइरहेको दाबी गर्दै यो राजनीतिक उद्देश्यप्रेरित कदम भएको टिप्पणी गरेका छन् । उनले सरकार पूर्वाग्राही बनेको समेत आरोप लगाए ।

बस्नेतले सामाजिक सञ्जालमा सरकारविरुद्ध कडा आलोचना गर्दै आएका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077