Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अफगानिस्तानमा इन्टरनेट बन्द, दूरसञ्चार 'ब्ल्याकआउट' !

अफगानिस्तानमा इन्टरनेट बन्द, दूरसञ्चार 'ब्ल्याकआउट' !

मंगलवार , आश्विन १४, २०८२

एजेन्सी । अफगानिस्तानमा तालिबान सरकारले देशभर सञ्चार सेवा बन्द गरेको छ ।

इन्टरनेट निगरानी संगठन नेटब्लक्सको रिपोर्ट अनुसार अहिले अफगानिस्तानमा पूर्ण कनेक्टिविटी ब्ल्याकआउटको अवस्था रहेको छ ।

‘अनैतिकता’ नियन्त्रण गर्ने भन्दै तालिबानले केही हप्ताअघिदेखि फाइबर-अप्टिक इन्टरनेट तारहरू काट्न सुरु गरेको थियो । फोन, मोबाइल, इन्टरनेट र स्याटेलाइट टिभी पनि अफगानिस्तानभर बन्द रहेका छन् ।

सन् २०२१ मा सत्ता कब्जा गरेदेखि तालिबानले आफ्नो इस्लामी सरिया कानुनको व्याख्याअनुसार थुप्रै प्रतिबन्धहरू लगाएको छ। अर्को सूचना जारी नभएसम्म सञ्चार सेवा बन्द जारी रहने बताइएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077