Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अफगानिस्तान र पाकिस्तानबीचको शान्ति वार्ता निष्कर्षविहीन

अफगानिस्तान र पाकिस्तानबीचको शान्ति वार्ता निष्कर्षविहीन

बुधवार , कार्तिक १२, २०८२

एजेन्सी । अफगानिस्तान र पाकिस्तानबीच लामो समयदेखि जारी तनाव अन्त्य गर्नका लागि इस्तानबुलमा भएको शान्ति वार्ता निष्कर्षविहीन भएको छ ।

पाकिस्तानका सूचना मन्त्री अत्ताउल्लाह तारडका अनुसार दुई देशबीच भएको वार्ता व्यवहारिक सम्झौतामा पुग्न नसकेको हो ।

वार्ता अक्टोबर २५ देखि टर्की र कतारको मध्यस्थतामा चलिरहेको थियो । दुई छिमेकी देशहरूबीचको यो बैठक अक्टोबर १९ मा दोहामा भएको युद्धविराम सहमतिपछि आयोजना गरिएको थियो । तर, लगातारको मतभेद र आरोप–प्रत्यारोपका कारण वार्ता निष्कर्षविहीन रहेको बताइएको छ ।

तारडले भने, “अफगान प्रतिनिधिमण्डल मुख्य मुद्दाबाट भट्कियो र कुराकानीको मूल उद्देश्यबाट पर गयो । जिम्मेवारी स्वीकार गर्नुको सट्टा अफगान तालिबानले आरोप–प्रत्यारोप र बहानाबाजी मात्र गर्‍यो ।”

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077