Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अफगानिस्तानलाई पाकिस्तानी सेनाको चेतावनी - शान्ति रोज वा अराजकता सह !

अफगानिस्तानलाई पाकिस्तानी सेनाको चेतावनी - शान्ति रोज वा अराजकता सह !

शनिवार , कार्तिक १, २०८२

एजेन्सी । पाकिस्तानी सेनाप्रमुख फिल्ड मार्सल सैयद आसिम मुनीरले अफगानिस्तानलाई शान्ति वा अराजकता रोज्न चेतावनी दिएका छन् ।

शनिबार जारी चेतावनीमा उनले अफगानिस्तानको भूमि प्रयोग गरी पाकिस्तानमा आक्रमण गर्ने आतंकवादी समूहहरूविरुद्ध तत्काल र ठोस कारबाही गर्न काबुललाई आग्रह गरे ।

उनले चेतावनी दिँदै भने, 'यदि अफगान भूमिबाट पाकिस्तानमा आतंकवादी गतिविधि दोहोरिए, हामी सबै समूहलाई धुलोमा मिलाउने जवाफ दिन्छौं ।'

यो प्रतिक्रिया पाकिस्तानले शुक्रबार अबेर राति अफगान सीमाभित्र रहेका आतंकवादी आश्रयस्थलमाथि गरेको ताजा हवाई आक्रमणपछि आएको हो। उक्त आक्रमण पाकिस्तान र अफगानिस्तानबीच दुईदिने युद्धविराम विस्तार भएको केही घण्टापछि नै गरिएको थियो।

पाकिस्तानको हवाई आक्रमण उत्तर वजिरिस्तानस्थित एक सैन्य चौकीमा भएको आतंकवादी आक्रमणको जवाफमा गरिएको बताइएको छ ।

दुई देशका प्रतिनिधिहरू वार्ताका लागि हाल कतारको राजधानी दोहामा रहेका बेला यी आक्रमण र चेतावनीहरू आएका हुन्। कतार सरकारले दुबै पक्षबीच तनाव न्यून गर्न मध्यस्थताको प्रयास गरिरहेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077