Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

दोहामा पाकिस्तान-अफगानिस्तानबीच युद्धविराम गर्ने सहमति

दोहामा पाकिस्तान-अफगानिस्तानबीच युद्धविराम गर्ने सहमति

आइतवार , कार्तिक २, २०८२

एजेन्सी । पाकिस्तान र अफगानिस्तानका प्रतिनिधिहरूबिच दोहामा भएको उच्चस्तरीय वार्तामा तत्काल युद्धविराम लागू गर्ने सहमति भएको कतारले दाबी गरेको छ ।

कतारको विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘कतार र टर्कीको मध्यस्थतामा भएको वार्तामा दुवै देशले सीमा क्षेत्रमा स्थायी शान्ति र स्थिरता सुनिश्चित गर्न प्रणाली स्थापना गर्न पनि सहमति जनाएका छन्।’

जानकारी अनुसार अर्को चरणमा युद्धविरामको अनुगमन र प्रभावकारी कार्यान्वयनको बारेमा छलफल गर्न दुवै पक्षका समितिहरू दोहा र इस्लामाबादमा भेट्ने छन्।

कतारको विदेश मन्त्रालयले यो सम्झौताले पाकिस्तान-अफगानिस्तान सीमामा बढ्दो तनाव कम गरेर क्षेत्रीय स्थिरतातर्फ ‘निर्णायक पहिलो कदम’ साबित हुने आशा व्यक्त गरेको छ।

जियो टिभीका अनुसार पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले सम्झौताको पुष्टि गर्दै युद्धविरामले दुई देशबिचको सीमा तनाव अन्त्य गर्ने आशा व्यक्त गरेका छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077