Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

पाकिस्तानको हवाई आक्रमणमा तीन अफगानी क्रिकेट खेलाडीको मृत्यु

पाकिस्तानको हवाई आक्रमणमा तीन अफगानी क्रिकेट खेलाडीको मृत्यु

शनिवार , कार्तिक १, २०८२

एजेन्सी । पाकिस्तानले अफगानिस्तानको दक्षिणपूर्वी पाक्टिका प्रान्तमा गरेको हवाई आक्रमणमा तीन अफगानी क्रिकेट खेलाडीको मृत्यु भएको छ ।

अफगानिस्तान क्रिकेट बोर्ड (एसीबी)ले शनिबार विज्ञप्ति जारी गर्दै घटनाप्रति गहिरो शोक व्यक्त गरेको छ र पाकिस्तानमा हुन लागेको आगामी त्रिकोणात्मक क्रिकेट श्रृंखलाबाट बाहिरिने निर्णय गरेको घोषणा गरेको छ ।

एसीबीका अनुसार कबीर, सिबगतुल्लाह र हारुन नामक तीन खेलाडीको आक्रमणमा ज्यान गएको हो । विज्ञप्तिमा भनिएको छ, 'अफगानिस्तान क्रिकेट बोर्डले पाक्टिका प्रान्तको उर्गुन जिल्लाका बहादुर क्रिकेट खेलाडीहरूको दुःखद शहादतप्रति गहिरो शोक र दुःख व्यक्त गर्दछ, जसलाई आज साँझ पाकिस्तानी सेनाद्वारा गरिएको कायरतापूर्ण हमलामा लक्षित गरिएको थियो।'

स्थानीय अधिकारीहरूका अनुसार हवाई आक्रमण उर्गुन जिल्लामा भएको थियो। खेलाडीहरू एक दिनअघि पाक्टिका प्रान्तको राजधानी शरणामा भएको मैत्रीपूर्ण क्रिकेट खेलमा सहभागी भएर घर फर्किएका थिए।

घर फर्किएपछि स्थानीय जमघटका क्रममा उनीहरू आक्रमणको लक्ष्य बनेका थिए। घटनामा तीन खेलाडी बाहेक पाँच स्थानीय बासिन्दाको मृत्यु भएको र सात जना घाइते भएको बताइएको छ। घाइतेहरूमध्ये केहीको अवस्था गम्भीर रहेको स्थानीय स्रोतहरूले जनाएका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077