Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अफगानिस्तान–पाकिस्तानबीच ४८ घण्टाको युद्धविराम, दुबै पक्षबीच आरोप–प्रत्यारोप

अफगानिस्तान–पाकिस्तानबीच ४८ घण्टाको युद्धविराम, दुबै पक्षबीच आरोप–प्रत्यारोप

बिहिवार , आश्विन ३०, २०८२

एजेन्सी । अफगानिस्तान र पाकिस्तानबीच बढ्दो सीमा तनावबीच ४८ घण्टाको युद्धविराम लागू गरिएको छ ।

पाकिस्तानको विदेश मन्त्रालयका अनुसार यो युद्धविराम तालिबानको अन्तरिम सरकारले गरेको अनुरोधमा घोषणा गरिएको हो ।

तालिबानका प्रवक्ता जबीहुल्लाह मुजाहिदले पनि युद्धविरामको पुष्टि गर्दै दुबै देशबीच वार्ताको वातावरण बनाउन यो कदम उठाइएको बताएका छन् । पाकिस्तानको विदेश मन्त्रालयले युद्धविराम आज साँझ ६ बजेदेखि लागू भएको जनाएको छ।

तर, युद्धविरामबारे दुबै देशका दाबी फरक छन्। पाकिस्तानले यसलाई अफगान तालिबानको अनुरोधमा गरिएको बताएको छ भने, तालिबानका प्रवक्ताले ‘एक्स’ मा लेखेका छन्– 'युद्धविराम पाकिस्तानको अनुरोधमा गरिएको हो।'

यसअघि, बुधबार पाकिस्तानले अफगान सीमा क्षेत्रमा रहेका केही चौकिहरू नष्ट गरेको दाबी गरेको थियो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077