Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

उज्यालो नेपाल पार्टीसँग कुनै पनि संवादमा छैन : ऊर्जामन्त्री घिसिङ

उज्यालो नेपाल पार्टीसँग कुनै पनि संवादमा छैन : ऊर्जामन्त्री घिसिङ

शुक्रवार , आश्विन १७, २०८२

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ, सहरी विकास, र भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले उज्यालो नेपाल पार्टी (उनेपा) सँग कुनै पनि संवादमा नरहेको बताएका छन् ।

आज पत्रकारहरुसँगको कुराकानीमा आज उनले यस्तो बताएका हुन् । सो पार्टीका विषयमा  भर्चुअल बैठक गर्न लागिएको र त्यसमा मन्त्री घिसिङ पनि सहभागी हुने भन्ने हल्ला चलेपछि उनले आफू अहिले कुनै पनि दलसँग सम्बद्ध र संवादमा नरहेको प्रतिक्रिया दिएका छन्।

तत्कालीन ओली सरकारले कार्यकाल बाँकी छँदै नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट निकालेपछि घिसिङले ‘उज्यालो नेपाल अभियान’ घोषणा गरेका थिए। हाल उनको अभियानसँग मिल्दोजुल्दो नाम राखेर काभ्रेका ज्ञानेन्द्रकुमार तामाङले केही दिनअघि उज्यालो नेपाल पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिइएको थियो ।

तामाङ यसअघि उनी प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) को कार्यालय सदस्य थिए । पछि उनले गत साउन ३१ गते विज्ञप्ति जारी गरी आम जनता पार्टी परित्याग गरेको र ‘उज्यालो नेपाल अभियान’ गठन गरेको घोषणा गरेका थिए ।

यस क्रममा उनले कुलमानको समेत तस्बिर राखेर पार्टीको प्रचार गरिरहेका छन् । यसप्रति घिसिङले आफूसँग सोध्दै नसोधी आफ्नो फोटो प्रयोग गरेर प्रचार गरिएको भन्दै विरोध समेत जनाएका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077