Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एमाले सचिवालय बैठक सर्‍यो

एमाले सचिवालय बैठक सर्‍यो

शनिवार , आश्विन १८, २०८२

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सारिएको छ ।

आइतबार बस्ने भनिएको पार्टीको ५८औँ सचिवालय बैठक अब आगामी शुक्रबार बस्ने तय भएको एमाले केन्द्रीय कार्यालयका सचिव डा भिष्म अधिकारीले जानकारी दिए ।

अविरल वर्षाका कारण बाढीपहिरो र डुबान भएकाले बैठक सारिएको उनले बताए । एमालेको केन्द्रीय कमिटी बैठक यही असोज २७ देखि २९ गतेसम्म काठमाडौँमा बस्ने गरी तय गरिएको छ ।

कार्यालय सचिव डा अधिकारीका अनुसार सचिवालय बैठकले पार्टीको आगामी रणनीति र नयाँ कार्यदिशा तय गर्ने छ । यसअघि असोज १२ गते एमालेको सचिवालय बैठक बसेको थियो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077