Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

गण्डकीका मुख्यमन्त्रीको निवासमा आगजनी गरेका थापा पक्राउ

गण्डकीका मुख्यमन्त्रीको निवासमा आगजनी गरेका थापा पक्राउ

मंगलवार , आश्विन २१, २०८२

पर्वत । गण्डकी प्रदेशका मुख्यमन्त्रीको निवासमा आगजनी गरेका अभियुक्तलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हरिबहादुर बस्नेतका अनुसार रुपन्देहीको तिलोत्तमा नगरपालिका–४ घर भई हाल कास्कीको पोखरा महानगरपालिका–७ राष्ट्रबैंक चोकमा बस्दै आएका २२ वर्षीय संजोक थापालाई पक्राउ गरिएको हो।

मुख्यमन्त्री निवासमा भदौ २४ को जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी भएको थियो। फेरि भदौ १२ गते पनि त्यहाँ आगजनी भएको थियो।

असोज १२ गते रातिको समयमा पोखरा महानगरपालिका–६ सहिद चोकमा रहेको मुख्यमन्त्रीको निवासमा आगजनी गरी फरार भएको भन्ने सूचनाको आधारमा प्रहरीले थापालाई नियन्त्रणमा लिएको हो।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा थापाले नेपाल राष्ट्र बैंक परिसरनजिकै रहेको एनआईएमबी बैंकको एटिएम मेसिनमा ढुंगामुढा गरी स्क्रिन तोडफोड गरेको पनि खुलेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077