Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

शोभा पाठकको जाहेरीमा महेश बस्नेतलाई राहत, अदालतले दिएन पक्राउ अनुमति

शोभा पाठकको जाहेरीमा महेश बस्नेतलाई राहत, अदालतले दिएन पक्राउ अनुमति

मंगलवार , आश्विन २१, २०८२

काठमाडौं । काठमाडौं जिल्ला अदालतले नेकपा एमाले नेता महेश बस्नेतविरुद्ध शोभा पाठकले दर्ता गरेको जाहेरीमा प्रहरीले माग गरेको पक्राउ अनुमति अस्वीकार गरेको छ ।

सामाजिक सञ्जालमार्फत आफूविरुद्ध चरित्र हत्या र अपमानजनक अभिव्यक्ति लेखिएको भन्दै शोभा पाठकले साइबर ब्युरोमा बस्नेतविरुद्ध उजुरी दिएकी थिइन् । सोही उजुरीका आधारमा प्रहरीले पक्राउ अनुमति मागेको थियो ।

तर मंगलबार जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले बस्नेत आफैंले उक्त सामग्री लेखेको हो वा होइन भन्ने एकीन आवश्यक रहेको भन्दै पक्राउ अनुमति दिन अस्वीकार गरेको हो ।

अदालतले भनेको छ —'अभियोगित सामग्री लेखिएको सामाजिक सञ्जाल आईडी साँच्चै बस्नेतकै हो कि होइन भन्ने प्रमाणित गर्नुपर्ने देखिन्छ, त्यसको एकीन नगरिकन पक्राउ अनुमति दिन सकिँदैन।'

प्रहरीबाट पक्राउ अनुमति नपाएको थाहा पाएपछि शोभा पाठक स्वयं अदालत पुगेकी थिइन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077