Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

‘नेतृत्व सुध्रिन सकेन’ भन्दै वडाध्यक्ष सिंहले त्यागे एमाले, जेनजी पुस्ताको समर्थनमा उभिए

‘नेतृत्व सुध्रिन सकेन’ भन्दै वडाध्यक्ष सिंहले त्यागे एमाले, जेनजी पुस्ताको समर्थनमा उभिए

बुधवार , आश्विन २२, २०८२

वीरगन्ज । वीरगन्ज महानगरपालिका–२० का वडाध्यक्ष रामकिशोर सिंह परागले नेकपा एमाले परित्याग गरेका छन् ।

उनले पार्टी नेतृत्वले सुधारको संकेत नदेखाएको आरोप लगाउँदै जेनजी पुस्ताको सुशासन र परिवर्तनको अभियानप्रति समर्थन जनाएका हुन् ।

परागले बुधबार आफ्नो जन्मदिनको अवसरमा एमालेको साधारण सदस्यताबाट समेत राजीनामा दिएको घोषणा गरे । उनले भने, 'नेतृत्व सुध्रिने आशा अब देखिँदैन, त्यसैले यस्तो पार्टीमा बसिरहनुको अर्थ छैन।'

यसअघि असोज ६ गते उनले वीरगन्ज महानगरपालिकाको उपाध्यक्ष पदबाट राजीनामा दिएका थिए ।

पार्टी नेतृत्वमा देखिएको स्वार्थ, नातावाद र दिशाहीनताप्रति असन्तुष्टि व्यक्त गर्दै उनले अन्ततः पार्टी छाड्ने निर्णय लिएका हुन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077