Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

विश्वकप छनोट : नेपालविरुद्ध जापानले दियो १३२ रनको लक्ष्य

विश्वकप छनोट : नेपालविरुद्ध जापानले दियो १३२ रनको लक्ष्य

शुक्रवार , आश्विन २४, २०८२

काठमाडौं । जापानले आईसीसी टी–२० विश्वकप एसिया–प्यासिफिक क्षेत्रीय फाइनलको दोस्रो खेलमा नेपालविरुद्ध १३२ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

शुक्रबार ओमानको अल अमेरतमा जारी खेलमा टस हारेर ब्याटिङमा आएको जापानले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १३१ रनको योगफल खडा गरेको हो ।

जापानका ओपनर तथा कप्तान केन्डेल फ्लेमिङले सर्वाधिक ६० रन बनाए । गुल्सन झाले गरेको १४औँ ओभरको तेस्रो बलमा कप्तान रोहित पौडेलबाट क्याच हुनुअघि उनले ४६ बलमा पाँच चौका र तीन छक्का प्रहार गरे ।

एस्मान रहमानले २५ बलमा एक चौका र दुई छक्कासहित ३१ रन थपे । यी दुईले ११–१ को स्थितीबाट ८६ रनको साझेदारी गर्दै जापानलाई उत्कृष्ट सुरुआत दिलाएका थिए ।

शीर्षक्रम ब्याटरबाट राम्रो प्रदर्शन रहे पनि मध्यक्रमका ब्याटरले त्यो लयलाई कायम राख्न नसक्दा जापान ठूलो स्कोरसम्म पुग्न सकेन । १४औँ ओभरको समाप्तिसम्म जापानले तीन विकेट गुमाएर १०२ रन बनाएको थियो ।

तर, यसपछिका ६ ओभरमा नेपालका बलरले उत्कृष्ट पुनरागमन गर्दा जापानले स्कोरबार्डमा २९ रनमात्र थप्न सक्यो । यी दुईबाहेक, बेन्जामिन इटो–डेविसले १७ रन थपे ।

नेपालका सन्दीप लामिछाने र गुल्सन झाले समान एक विकेट लिए । सोमपाल कामी र नन्दन यादवको नाममा समान एक विकेट रह्यो । चार ओभर बलिङ गरेका सन्दीपले २५ रन खर्चिए । गुल्सन र सोमपालले समान २० रन खर्चिए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077