Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कतारमाथि नेपालको रोमाञ्चक जित, सन्दीपको घातक बलिङ

कतारमाथि नेपालको रोमाञ्चक जित, सन्दीपको घातक बलिङ

मंगलवार , आश्विन २८, २०८२

काठमाडौं । लेग स्पिनर सन्दीप लामिछानेको घातक बलिङले नेपाललाई टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा लगातार दोस्रो जित दिलाएको छ ।

उनले ५ विकेट लिएपछि नेपालले कतारमाथि ५ रनको रोमान्चक जित निकालेको हो ।

१४८ रनको लक्ष्य पछ्याएको कतार १९ ओभर ५ बलमा १४२ रनमा समेटियो । कतारका लागि ओपनर इमाल लियानागेले ३५ बलमा ५५ रनजुबेर अलीले ५२ रन जोडे पनि टोलीलाई जित दिलाउन सकेनन् । अन्य ब्याटरहरूले उल्लेखनीय प्रदर्शन गर्न नसक्दा कतार पराजित भयो ।

नेपालका तर्फबाट सन्दीप लामिछानेले ५ विकेट लिँदै खेलको पासो नेपालतर्फ ताने । त्यस्तै नन्दन यादवले २ विकेटदीपेन्द्रसिंह ऐरीले १ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले कप्तान रोहित पौडेलको शानदार अर्धशतकको बलमा २० ओभरमा ९ विकेट गुमाउँदै १४७ रनको प्रतिस्पर्धी योगफल बनाएको थियो ।

रोहितले ४१ बलमा ५८ रन, दीपेन्द्रसिंह ऐरीले २१ बलमा २६ रन र गुल्शन झाले ८ बलमा १६ रनको क्यामियो पारी खेले ।

बलिङमा कतारका कप्तान मिर्जा बेग र डानियल लुइसले समान ३–३ विकेट लिए भने मुहम्मद असिमले १ विकेट झारे ।

यसअघि नेपालले सुपर सिक्सको पहिलो खेलमा यूएईलाई पराजित गरेको थियो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077