काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया छनोटको सुपर सिक्स चरणको आफ्नो दोस्रो खेलमा नेपालले आज कतारविरुद्ध पहिले ब्याटिङ गर्दैछ ।
ओमानको अल अमेरोत क्रिकेट स्टेडियममा कतारले टस जितेर पहिले फिल्डिङ रोजेपछि नेपालले ब्याटिङको निम्तो पाएको हो । खेल नेपाली समय अनुसार राति ८ः४५ बजे सुरु हुँदैछ ।
नेपालले आजको खेलका लागि आफ्नो प्लेइङ-११ मा एक परिवर्तन गरेको छ । स्पिनर ललित राजवंशीको स्थानमा अलराउन्डर आदिल अन्सारीलाई मौका दिइएको छ ।
आइतबार भएको सुपर सिक्सको पहिलो रोमाञ्चक खेलमा संयुक्त अरब इमिरेट्स (युएई) लाई १ रनले पराजित गरेको थियो ।