काठमाडौं । नेपालले आईसीसी टी-२० विश्वकप एसिया छनोटको उपाधि जितेको छ ।
शुक्रबार सामोआलाई १२४ रनको फराकिलो अन्तरमा पराजित गरेसँगै नेपालले उपाधि हात पारेको हो । नेपाल छनोट चरणमा अपराजित रहने एकमात्र टोली बन्यो ।
नेपालले प्रस्तुत गरेको २१२ रनको लक्ष्य पछाएको सामोआले निर्धारित २० ओभरमा ७ विकेट गुमाउदै ८७ रनमात्र बनाउन सक्यो ।
सामोआका लागि सिन सोलाई सार्वधिक ४० रन बनाए । नेपालका लागि ललित राजवंशीले सर्वाधिक ३ विकेट लिए।
त्यसअघि सामोअले टस जितेर पहिला बलिङ रोजेपछि ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ४ विकेट गुमाएर २११ रन बनाएको थियो। नेपालका ओपनर आसिफ शेख र उपकप्तान दीपेन्द्र सिंह ऐरिले अर्धशतक प्रहार गरेका थिए ।