काठमाडौं । ओमानमा जारी आइसीसी टी-२० विश्वकप एसिया छनोटको सुपर-६ को आफ्नो दोस्रो खेलमा नेपालले कतारलाई १४८ रनको लक्ष्य दिएको छ ।
अल अमेरात क्रिकेट एकेडेमीको मैदानमा टस हारेर पहिले ब्याटिङ निम्तो पाएको नेपालले ओपनर रोहितको सानदार अर्धशतकको मद्दतले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४७ रन बनाएको हो ।
नेपालका कप्तान रोहितले सर्वाधिक ५८ रन बनाए । यस्तै, दीपेन्द्रसिंह ऐरीले २६ रन, गुल्सन झाले १६ रन बनाए । सोमपाल कामीले १४ र ओपनर आसिफ सेखले ११ रन जोडे ।
कतारका मिर्जा मोहम्मद बाइग र ड्यानियल आर्चरले समान तीन विकेट लिए । मुहम्मद असिम र ओवाइस अहमेदको नाममा एक–एक विकेट रह्यो ।