Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

नेपालले ओमानलाई दियो १५२ रनको लक्ष्य

नेपालले ओमानलाई दियो १५२ रनको लक्ष्य

बुधवार , आश्विन २९, २०८२

काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया छनोट अन्तर्गतको खेलमा नेपालले घरेलु टोली ओमानलाई १५२ रनको लक्ष्य दिएको छ ।

ओपनर कुशल भुर्तेलको उत्कृष्ट अर्धशतकीय पारीका बाबजुद मध्यक्रमका ब्याट्सम्यान चल्न नसक्दा नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १५१ रन बनाएको हो । मध्यक्रमका ब्याट्सम्यानले आवश्यक योगदान दिन नसक्दा ठूलो स्कोर बनाउन सकिएन ।

नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको थियो र प्रारम्भिक साझेदारी राम्रो रह्यो । ओपनर कुशल भुर्तेल र आसिफ शेखले पहिलो विकेटका लागि ६१ रनको साझेदारी गर्दै टोलीलाई सुरुवाती बल प्रदान गरे। तर, आसिफ शेख २० बलमा २४ रन बनाएर आउट भएपछि नेपालले लगातार विकेट गुमायो।

कप्तान रोहित पौडेल १ रन, दीपेन्द्रसिंह ऐरी २ र कुशल मल्ल ७ रन बनाएर पवेलियन फर्किएपछि नेपाल ८१ रनमा ४ विकेटको कमजोर स्थितिमा पुग्यो ।

यसबेला कुशल भुर्तेलले इनिङ्स सम्हालेका थिए । उनले ५१ बलमा ७ चौका र १ छक्का प्रहार गर्दै सर्वाधिक ६९ रन बनाए ।अन्तिमतिर आदिल आलमले १६ र गुलशन झाले १८ रन बनाएर नेपाललाई १५२ रनको लक्ष्य पुर्‍याए।

ओमानका लागि नदीम खानले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा ४ विकेट लिएर २० रन मात्र खर्च गरे। त्यसैगरी सुफियान महमुद र जितेनकुमार रामानन्दीले पनि समान रूपमा २–२ विकेट हात पारे।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077