काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया छनोट अन्तर्गतको अन्तिम खेलमा नेपालले सामाओलाई २१२ रनको विशाल लक्ष्य दिएको छ ।
शुक्रबार टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २११ रनको विशाल स्कोर खडा गरेको हो ।
नेपालका लागि ओपनर असिफ शेख र उपकप्तान दीपेन्द्र सिंह ऐरीले अर्धशतक प्रहार गर्दै पारीको मेरुदण्ड सम्हाले।
नेपालका ओपनर असिफ शेखले सर्वाधिक ६९ रन बनाए। ४१ बलको सामना गर्दै उनले ७ चौका र ४ छक्का प्रहार गरे।
त्यस्तै, उपकप्तान दीपेन्द्र सिंह ऐरीले ३१ बलमा ५३ रनको शानदार योगदान दिए। उनले ७ चौका र ४ छक्का प्रहार गर्दै आक्रामक ब्याटिङ प्रदर्शन गरे।
अन्य ब्याटरमध्ये कुशल भुर्तेलले १७ रन र आरिफ शेखले ९ रन जोडे। रोहित पौडेल २१ रन र लोकेश बम ३९ रनमा नटआउट रहे। बलिङतर्फ समाओका डेनेल बर्गेसले १ विकेट लिए ।