Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

जापानमाथि नेपालको सहज जित, बन्यो समूह विजेता

जापानमाथि नेपालको सहज जित, बन्यो समूह विजेता

शुक्रवार , आश्विन २४, २०८२

काठमाडौं । जापानविरुद्ध पाँच विकेटको जित निकालेसँगै नेपाल समूह ‘बी’ को विजेता बन्दै आईसीसी टी–२० विश्वकप एसिया–प्यासिफिक क्षेत्रीय फाइनलको सुपर–६ मा प्रवेश गरेको छ ।

शुक्रबार ओमानको अल अमेरतमा सम्पन्न खेलमा जापानले दिएको १३२ रनको लक्ष्य नेपालले १८ ओभरमा पाँच विकेट गुमाएर पूरा गरेको हो ।

नेपालको जितमा ओपनर आसिफ सेखले सर्वाधिक ३८ रन बनाए । गुल्सन झाले अविजित २८ रन, ओपनर कुशल भुर्तेल २७ रन, कप्तान रोहितकुमार पौडेल १८ र दीपेन्द्रसिंह ऐरीले १४ रन बनाए ।

जापानका सोमा सेल्टरले दुई विकेट लिए । रियो साकुरानो थोमस, सबारिस रविचन्द्रन र डेक्लान सुजुकीले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङमा आएको जापानले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १३१ रनको योगफल खडा गरेको थियो ।

जापानका ओपनर तथा कप्तान केन्डेल फ्लेमिङले सर्वाधिक ६० रन बनाए । एस्मान रहमानले ३१ रन, बेन्जामिन इटो–डेविसले १७ रन बनाए ।

नेपालका सन्दीप लामिछाने र गुल्सन झाले समान एक विकेट लिए । सोमपाल कामी र नन्दन यादवको नाममा समान एक विकेट रह्यो ।

नेपालले यसअघि पहिलो खेलमा कुवेतविरुद्ध ५८ रनको जित निकालेको थियो । हारका बाबजुद जापान पनि समूह उपविजेताको रुपमा सुपर–६ मा प्रवेश गरेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077