काठमाडौंं । कान्तिपुर भेट डिस्ट्रिव्युटर्सकी संचालक अध्यक्ष सुना सुवेदी पक्राउ परेकी छिन् ।
भन्सार शुल्क लाग्ने गरी आयात गर्न दिइएको सिफारिस पत्र कीर्ते गरेर दर्ता नै नभएका पशु औषधिहरू आयात गरेको कसुरमा उनलाई पक्राउ गरिएको हो ।
सुवेदी सर्लाहीको ईश्वरपुर घर भएर काठमाडौँ महानगरपालिका–१३ स्थित शंखमुल बस्दै आएकी थिइन् । कान्तिपुर भेट ललितपुरमा सञ्चालित ठुलो भेटेनरी कम्पनी हो ।
पशुसेवा विभागबाट अनुमति लिएको भन्दा बाहिरको प्रतिबन्धित औषधीहरू किर्ते कागजात बनाएर आयात गरेर सो कम्पनीले बेच्ने गरेको पाइएको थियो ।
उक्त कान्तिपुर भेट डिष्ट्रिब्यूटर्स प्रालिविरुद्ध लिखतसम्बन्धी कसुरमा मुद्दा दर्ता भएको थियो । जस अनुसार, जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो ।
उनलाई शुक्रबार काठमाडौंको शंखमुलबाट पक्राउ गरिएको केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी) का एसएसपी शिव कुमार श्रेष्ठले जानकारी दिए ।
अनुसन्धान ब्यूरोले उनलाई पक्राउ गरेर थप अनुसन्धान अघि बढाएको छ ।