Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

एमाले सचिवालय बैठक सुरू: महाधिवेशन मुख्य एजेन्डा

एमाले सचिवालय बैठक सुरू: महाधिवेशन मुख्य एजेन्डा

आइतवार , आश्विन २६, २०८२

काठमाडौं । शुक्रबारदेखि शुरू नेकपा एमालेको सचिवालय बैठक गुण्डुमा जारी छ ।

शनिबारका लागि तोकिएको बैठक पार्टी अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएपछि स्थगित गरिएको थियो । बैठक केहिबेर अघि सुरू भएको हो ।

आजको बैठकले महाधिवेशनको मिति तोक्ने र उक्त मितिलाई अनुमोदन गर्नका निम्ति केन्द्रीय कमिटीको बैठक बोलाइने उपमहासचिव प्रदीप ज्ञवालीले बताए ।

१८ सदस्यीय सचिवालयमा शक्रबार ९ जनाले बोलेका थिए । आज बाँकी ९ जनाले कुरा राखेपछि केही जरुरी निर्णय गरेर बैठक टुंगिने उनले सुनाए ।

आज बस्ने सचिवालय बैठकले पार्टीको आगामी महाधिवेशनको मिति प्रस्ताव गर्ने सम्भावना रहेको छ।

यसअघि पार्टीले केन्द्रीय कमिटी बैठक यही असोज २९ देखि ३१ गतेसम्मका लागि बोलाइसकेको छ। उक्त बैठकमा सचिवालयले तय गर्ने प्रस्तावहरू औपचारिक रूपमा पेस गरिनेछ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077