Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

युएईमाथि नेपालको रोमाञ्चक जित

युएईमाथि नेपालको रोमाञ्चक जित

आइतवार , आश्विन २६, २०८२

काठमाडौं । ओमानमा जारी आइसीसी टी-२० विश्वकप एसिया छनोटको सुपर-६ को आफ्नो पहिलो खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (युएई) माथि रोमाञ्चक जित निकालेको छ ।

नेपालले दिएको १४१ रनको लक्ष्य पछ्याएको युएईले निर्धारित ओभरमा ९ विकेट गुमाएर १३९ रनमात्र बनाउन सक्यो ।

यसअघि अल अमेरात क्रिकेट एकेडेमीमापहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १४० रन बनाएको थियो । नेपालका लागि आसिफ शेखले ५१, कुशल भुर्तेलले २८, रोहित पौडेलले २०, गुल्शन झाले १४ र कुशल मल्लले १० रन बनाए ।

नेपालका लागि भुर्तेल र शेखले ५६ रनको साझेदारी गर्दै नेपाललाई उत्कृष्ट सुरुवात दिलाए पनि मध्यक्रम नचल्दा नेपाल मध्यम योगफलमा सीमित भएको थियो ।

युएईका लागि जुनैद सिद्दिकी, मोहम्मद रोहिद, जाहिद अली, हैदर अली, हर्षित कौशिक र ध्रुव पराशरले समान एकएक विकेट लिए।

जितपछि शीर्षस्थानमा उक्लिएको नेपालको चार अंक भएको छ । नेपालले २ अंक समूह चरणमा जापानलाई हराउँदै पाएको थियो।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077