Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

म युद्ध समाधान गर्ने विशेषज्ञ हुँ : डोनाल्ड ट्रम्प

म युद्ध समाधान गर्ने विशेषज्ञ हुँ : डोनाल्ड ट्रम्प

सोमवार , आश्विन २७, २०८२

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले फेरि एक पटक आफूलाई नोबेल शान्ति पुरस्कार नदिएको विषयमा प्रतिक्रिया दिएका छन् ।

सोमबार ह्वाइट हाउसले सार्वजनिक गरेको अडियो क्लिपमा उनले आफूले “विश्वमा आठवटा युद्ध रोक्दै लाखौँ मानिसको जीवन बचाएको” दाबी गरेका छन् ।

ट्रम्पले भने, “मैले अहिलेसम्म आठवटा युद्ध रोकेको छु। यसो गर्नु मेरो लागि सम्मानको कुरा हो। मैले लाखौंको जीवन बचाएको छु।”

उनले हालै घोषणा गरिएको २०२४ को नोबेल शान्ति पुरस्कार आफूलाई दिनुपर्ने आधार रहेको पनि संकेत गरे। 'कसैले भनेका थिए कि म अपवाद हुन सक्छु, किनभने मैले रोकेका सबै युद्धहरू २०२५ का घटनाहरू हुन्,' ट्रम्पले भने, 'तर मैले यो नोबेलको लागि गरेँ होइन, मैले यो जीवन बचाउनका लागि गरेँ।'

साक्षात्कारमा ट्रम्पले पाकिस्तान र अफगानिस्तानबीच चलिरहेको तनावबारे पनि टिप्पणी गरे। उनले व्यंग्यात्मक शैलीमा भने, 'मैले सुनेको छु कि पाकिस्तान र अफगानिस्तानबीच युद्ध चलिरहेको छ। म फर्किएपछि त्यो रोक्छु, किनभने म युद्ध समाधान गर्ने विशेषज्ञ हुँ।'

यसैबीच, गाजा युद्धविराम सम्झौताका पहिलो चरणका क्रममा ट्रम्प अहिले इजरायलको यात्रामा छन्। त्यहाँबाट उनी इजिप्टको शर्म अल–शेख जाने कार्यक्रम छ, जहाँ लाल सागर नजिकै २० देशका नेताहरूको उपस्थितिमा उच्चस्तरीय बैठक हुनेछ।

उक्त बैठकमा गाजा युद्धविरामको स्थायी कार्यान्वयन, मध्यपूर्वीय स्थायित्व र मानवीय सहयोगबारे छलफल हुने बताइएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077