Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

एमाले केन्द्रीय कमिटी बैठक आज पनि, केन्द्रीय सदस्यहरूले धारणा राख्ने

एमाले केन्द्रीय कमिटी बैठक आज पनि, केन्द्रीय सदस्यहरूले धारणा राख्ने

बिहिवार , आश्विन ३०, २०८२

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि ललितपुरको भनिमण्डलस्थित रामबाघ महलमा बस्दैछ । बुधबारदेखि सुरु भएको बैठक बिहान ८ बजेबाट निरन्तरता पाउनेछ ।

बुधबारको बैठकमा करिब ५० जना केन्द्रीय सदस्यले धारणा राखेका थिए । प्रत्येक वक्तालाई तीन मिनेटको समय दिइएपछि आज पनि विभिन्न विषयमा छलफल जारी रहने बताइएको छ ।

बैठकमा बोल्ने अधिकांश सदस्यहरूले आगामी फागुन २१ गतेका लागि प्रस्तावित प्रतिनिधिसभा निर्वाचनमा जानुपर्ने मत व्यक्त गरेका छन् । उनीहरूका अनुसार पार्टी चुनावबाट पछि हट्नु हुन्न र जनमतको सामना गर्न तयार रहनुपर्छ भन्ने भावना बैठकमा प्रमुख रूपमा उठेको छ ।

तर, अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको विशेष प्रस्तावमा भने संसद् पुनर्स्थापनाको पक्षमा उभिनुपर्ने उल्लेख गरिएको छ, जसप्रति धेरैजसो केन्द्रीय सदस्य असन्तुष्ट देखिएका छन् । बैठकमा ओलीको प्रस्तावविपरीत धारणा राख्ने नेताहरूको संख्या उल्लेख्य रहेको स्रोतले जनाएको छ ।

त्यस्तै, बैठकको औपचारिक एजेन्डामा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण समावेश नगरिए पनि, केन्द्रीय सदस्यहरूले भण्डारीको सदस्यता रोक्ने निर्णय उल्ट्याउनुपर्ने माग गरेका छन् ।

अध्यक्ष ओलीले बैठकको सुरुआतमै पार्टीको ११औँ महाधिवेशन आगामी मंसिर २७ देखि २९ गतेसम्म पोखरामा गर्ने प्रस्ताव पनि पेस गरेका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077