Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

भारतले रुसबाट तेल खरिद बन्द गर्न सहमत भएको अमेरिकी ट्रम्पको दाबी

भारतले रुसबाट तेल खरिद बन्द गर्न सहमत भएको अमेरिकी ट्रम्पको दाबी

बिहिवार , आश्विन ३०, २०८२

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतले अबदेखि रुसबाट तेल खरिद नगर्ने सहमति जनाएको दाबी गरेका छन् । बुधबार ह्वाइट हाउसमा आयोजित कार्यक्रममा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले यस्तो दाबी गरेका हुन् ।

ट्रम्पले भने, 'रुसले पहिलो हप्तामै युद्ध जित्ने दाबी गरेको थियो, तर यो युद्ध सुरु भएको चार वर्ष भइसक्यो। म यो युद्ध अन्त्य भएको देख्न चाहन्छु। भारतले रुसबाट तेल किनिरहेकोमा म खुसी थिइनँ, तर आज प्रधानमन्त्री नरेन्द्र मोदीले मलाई रुसबाट तेल नकिन्ने आश्वासन दिनुभएको छ।'

यद्यपि, वाशिङ्टन डीसीस्थित भारतीय दूतावासले यसबारे कुनै टिप्पणी गर्न अस्वीकार गरेको छ। राष्ट्रपति ट्रम्पले युक्रेन युद्ध रोक्नका लागि रुसमाथि आर्थिक दबाब बढाउन आवश्यक रहेको बताउँदै, रुसबाट तेल किन्ने देशहरूले “अप्रत्यक्ष रूपमा युद्धलाई सघाइरहेका छन्” भन्ने टिप्पणी गर्दै आएका छन्।

उनले थपे, 'अब मैले चीनलाई पनि यसै गर्नका लागि मनाउनु छ।' अमेरिकी प्रशासनले पछिल्लो समयमा रुससँगको व्यापारिक सम्बन्धका कारण भारतमाथि भन्सार शुल्क र व्यापारिक प्रतिबन्ध कडा बनाएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077