Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

एमाले केन्द्रीय कमिटी बैठकको तेस्रो दिन सुरु, ओलीको प्रतिवेदनमाथि अन्तिम छलफल

एमाले केन्द्रीय कमिटी बैठकको तेस्रो दिन सुरु, ओलीको प्रतिवेदनमाथि अन्तिम छलफल

शुक्रवार , आश्विन ३१, २०८२

काठमाडौं । नेकपा एमालेको १०औँ केन्द्रीय कमिटी बैठकको तेस्रो दिनको कार्यसत्र ललितपुरको जावलाखेलस्थित पार्टी कार्यालयमा सुरु भएको छ ।

आजको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि बाँकी रहेका केन्द्रीय सदस्य र पदाधिकारीहरूले आ–आफ्नो धारणा राख्ने कार्यक्रम छ ।

एमाले प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार असोज २९ र ३० गते दुई दिन चलेको छलफलमा करिब २०० केन्द्रीय सदस्यले आफ्नो विचार प्रस्तुत गरिसकेका छन् । बाँकी सदस्य र पदाधिकारीहरूले आज प्रतिवेदनमाथि प्रतिक्रिया दिनेछन्।

गौतमले जानकारी दिएअनुसार आजको बैठकमा पोलिटब्युरो, स्थायी कमिटी र पदाधिकारी तहका ९९ नेताहरूले धारणा राख्नेछन्। प्रत्येक वक्तालाई तीन मिनेटको समय सीमित गरिएको छ।

सबै धारणा सुनेपछि अध्यक्ष ओलीले प्रतिवेदनमा आएका सुझावहरूको एकमुष्ट जवाफ र निर्देशन दिने तयारी गरेका छन्। त्यसपछि बैठक समापन गरिने बताइएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077