Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

बङ्गलादेशकी पूर्व प्रधानमन्त्री हसिनालाई मृत्युदण्डको माग

बङ्गलादेशकी पूर्व प्रधानमन्त्री हसिनालाई मृत्युदण्डको माग

शुक्रवार , आश्विन ३१, २०८२

एजेन्सी । बङ्गलादेशका अभियोजकहरूले पूर्व प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको माग गरेका छन्।

उनीमाथि गतको वर्ष विद्यार्थीको नेतृत्वमा भएको सरकारी जागिरमा आरक्षणको व्यवस्थाको विरोधमा भएको प्रदर्शनलाई दबाएको आरोप छ ।

त्यसपछि बङ्गलादेशमा यी विद्यार्थी प्रदर्शनहरू हिंसात्मक भएका थिए। प्रदर्शन दबाउन भएको सुरक्षा बलको कारबाहीमा धेरै मानिसहरू मारिएका थिए। यही हिंसाले शेख हसिनालाई सत्ताबाट हटाएको थियो। ज्यान जोगाउन हशिना देश छाडेर भारत भागेकी थिइन्।

हसिना हाल पनि भारतकै शरणमा छिन्।

उनको विरुद्ध चलिरहेको मुद्दाको क्रममा एउटा अडियो क्लिप लीक भएको छ। जसमा उनले सुरक्षा बललाई प्रदर्शनकारीहरू विरुद्ध घातक हतियार प्रयोग गर्न आदेश दिएको आरोप छ। यद्यपि, हसिनाले यी आरोपहरू अस्वीकार गरेकी छिन्।

गत वर्षको हिंसामा लगभग १ ४०० मानिस मारिएका थिए।

यसलाई १९७१ को स्वतन्त्रता युद्ध पछि बङ्गलादेशमा भएको सबैभन्दा खराब हिंसा मानिन्छ।

बङ्गलादेशका प्रमुख अभियोजक ताजुल इस्लामले भने-'हसिनाले १ हजारर ४०० मृत्युदण्ड पाउनुपर्छ ।'

मानवीय रूपमा सम्भव नभएकोले आफूहरूले कम्तीमा एउटा मृत्युदण्ड मागेको पनि उनले बताएका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077