एजेन्सी । बंगलादेशको राजधानी ढाकास्थित हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो खण्डमा शनिबार आगलागी भएपछि उडान सञ्चालन बन्द गरिएको छ ।
बंगलादेशी सञ्चार माध्यमका अनुसार आगो निभाउन ३६ वटा दमकल युनिट खटाइएको छ । दिउँसो विमानस्थलको गेट नम्बर आठ नजिकै कार्गो खण्डमा आगलागी भएको बताइएको छ ।
यसैबीच इन्टर–सर्भिसेज पब्लिक रिलेसन्सका अनुसार बंगलादेश नागरिक उड्डयन प्राधिकरण, बंगलादेश अग्नि सेवा, बंगलादेश नौसेना र बंगलादेश वायुसेनाको दुई दमकल एकाइ आगो निभाउनमा संलग्न छन् ।
यसबाहेक सीमा रक्षक बंगलादेशका दुई प्लाटुन पनि राहत र उद्धार कार्यमा सामेल भएका छन् ।