Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

अमेरिकाद्वारा रूसमाथि नयाँ ठूलो आर्थिक प्रतिबन्ध

अमेरिकाद्वारा रूसमाथि नयाँ ठूलो आर्थिक प्रतिबन्ध

बिहिवार , कार्तिक ६, २०८२

एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको बुडापेस्ट भेटवार्ता रद्द भएपछि अमेरिकाले रूसमाथि अर्को ठूलो आर्थिक प्रतिबन्ध घोषणा गरेको छ ।

अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले बुधबार एक विज्ञप्ति जारी गर्दै रूसका दुई सबैभन्दा ठूला तेल कम्पनी रोसनेफ्ट र लुकोइलसहित दर्जनौं सहायक कम्पनीहरूलाई निशाना बनाइएको जानकारी दिएका छन् ।

बेसेन्टका अनुसार, राष्ट्रपति पुटिनले युक्रेनमा जारी युद्ध अन्त्य गर्न अस्वीकार गरेकाले यो कडा कदम चाल्नुपरेको हो। उनले भने, 'अब हत्या बन्द गर्ने र तत्काल युद्धविरामको समय आएको छ। पुटिनको निरर्थक युद्धले विश्व स्थायित्वलाई चुनौती दिएको छ।'

अर्थमन्त्रीले प्रतिबन्धले क्रेमलिनको युद्ध वित्तीय स्रोतमा ठूला असर पार्ने दाबी पनि गरे। उनका शब्दमा, “रोसनेफ्ट र लुकोइल क्रेमलिनको युद्ध मेसिनलाई आर्थिक इन्धन उपलब्ध गराउने मुख्य निकाय हुन्। त्यसैले तिनीहरूलाई प्रत्यक्ष निशाना बनाइएको हो।”

यसअघि, अमेरिकी संसदका दलीय समूहहरूले राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि रूसको तेल उद्योगमाथि सीधा कारबाही गर्न दवाब दिएका थिए। यही दबाबपछि ट्रम्प प्रशासनले यो कदम चालेको अमेरिकी मिडियाले जनाएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077