काठमाडौं। नेकपा एमालेमका युवा नेता महेश बस्नेतले जेनजी आन्दोलनका हाइज्याकार भनेर चिनिएका सुदन गुरुङ प्रति कडा प्रहार गरेका छन्।
उनले सामाजिक संजाल फेसबुकमा लेखेका छन्- 'सुधन गुरुङले भनेछन- जलेको हजारवटा सिंहदरबार बनाइदिन सक्छु, यही संविधानमा टेकेर नेताहरूलाई हान्छौँ। उ जस्ता कुलंगार जन्माउन सकिदैन अरे।
सिंहदरबार हाम्रो पहिचान हो , माटो–ढुंगै मात्र होइन। युद्धको दौरान बाह्य शक्तिले आक्रमण गर्दा संसद्, अदालत र कार्यकारी माथि आक्रमण गर्छ त्यो सकेर देश हराउँछन्।
आन्दोलनको नाममा बालबालिकालाई उचालेर विदेशीको खेल मैदान बनाएर देशलाई आक्रमण गराउनेहरू होसमा आऊ। असल मार्गमा फर्क, नत्र इतिहासले कडा मूल्य तिर्न लगाउनेछ।
तिमी जस्ता देशद्रोही त बाउ–आमाले मनोरञ्जन गर्दै गर्दा नै जन्मिन्छौ मिष्टेकले पनि जन्मिन्छौ। सिंहदरबार बनाउन तिम्रा गुरु दलाइ लामाको सबै सम्पति लगाँउदा नि सम्भब छैन।'