Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मन्त्री बन्न लागेका सुनार साइबर अपराधमा पनि फरार अभियुक्त

मन्त्री बन्न लागेका सुनार साइबर अपराधमा पनि फरार अभियुक्त

आइतवार , कार्तिक ९, २०८२

काठमाडौं । आज मन्त्री बन्न लागेका खगेन्द्र सुनार फरार अभियुक्त भएको खुलेको छ। साइबर अपराध मुद्दामा पक्राउ पूर्जी जारी भएर पनि उनी फरार छन्।

अधिवक्ता मनिषा गौतमको जाहेरीका आधारमा प्रहरीले सरकारी वकिलमार्फत दायर गरेको साइबर अपराधको मुद्दा जिल्ला अदालत काभ्रेमा विचाराधिन छ।

अदालत स्रोतका अनुसार उनलाई फरार प्रतिवादी बनाएर प्रहरीले मुद्दा दायर गरेकोमा उनी उपस्थित भएका छैनन्। काभ्रे प्रहरीले गत २ साउनमा उनीविरुद्ध मुद्दा दायर गरेको छ ।

सुनारविरुद्ध सर्वोच्च अदालतमा अदालतको अवहेलना मुद्दा परेपछि सुनारले अधिवक्ता गौतमविरुद्ध फेसबुकमा गालीगलौच गरेर लेखेका थिए। त्यसविरुद्ध उनले साइबर ब्यूरोमा जाहेरी दिएकी थिइन्।

[insert page='373898' display='yopanipadhnuhos.php']

ब्यूराले अधिवक्ताको ठेगानाका आधारमा काभ्रेमा पठाएको थियो । साइबर ब्यूरोमा असार ३ गते जाहेरी परेको हो । जसको दर्ता नम्बर ४३३ छ । त्यस्तै अदालतमा दायर भएको मुद्दा नम्बर ०८२–सी २–००१ रहेको स्रोत बताउँछ।

उनीविरुद्ध सुर्खेत लगायत विभिन्न जिल्लामा पनि फौजदारी मुद्दा लागेका छन्। सुरुमा नेपाल बिद्यार्थी संघका कार्यकर्ता रहेका सुनार केही समय सञ्चारकर्मी समेत बनेका थिए। पछिल्लो समय दलित अभियन्ताको नाममा अराजक गतिविधिमा संलग्न हुँदै आएका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077