Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

मन्त्रीमा सिफारिस भएर शपथ खान नपाएका खगेन्द्र सुनार काभ्रे जिल्ला अदालत उपस्थित

मन्त्रीमा सिफारिस भएर शपथ खान नपाएका खगेन्द्र सुनार काभ्रे जिल्ला अदालत उपस्थित

बिहिवार , कार्तिक १३, २०८२

काठमाडौं । मन्त्रीमा सिफारिस भएर शपथ खान नपाएका खगेन्द्र सुनार बयानका लागि काभ्रे जिल्ला अदालतमा उपस्थित भएका छन् ।

अधिवक्ता मनिषा गौतमको जाहेरीमा विद्युतीय कारोबार मुद्दाका फरार प्रतिवादी रहेका सुनार आज बयानका लागि अदालतमा हाजिर भएका हुन् ।

काभ्रे अदालतले गत साउन ५ गते नै खगेन्द्रलाई पक्राउ गरेर बुझाउन भन्दै दैलेख प्रहरीलाई पक्राउ पुर्जी काटेको थियो ।

अधिवक्ता गौतमले आफूलाई सुनारले सामाजिक सञ्जालमा गरेको गालीगलौजसहितको स्क्रिन सटको प्रमाण राखेर विद्युत अपराध कसुरमा काभ्रेमा मुद्दा दायर गरेकी थिइन् ।

कानून व्यवस्थायीसहित उपस्थित भएका उनको अहिले बयान जारी छ । बयान सकिएपश्चात आजै थुनछेक बहस हुनसक्ने बताइएको छ । सुनारमाथि सुर्खेतमा पनि स्वास्थ्य संस्था तोडफोड तथा स्वाथ्यकर्मीमाथि कुटपिटको आरोपमा पक्राउ पुर्जी जारी भएको छ ।

अनुसन्धानका क्रममा सुनार फरार रहेकोकोले प्रहरीले फरार राखेर गत साउन २ गते अदालतमा मुद्दा पेस गरेको थियो ।

अदालतको अवहेलना सम्बन्धी मुद्दा भएको हुनाले अदालत आफैंले सुनारविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

केही दिनअघि श्रममन्त्रीमा सिफारिस भएपछि सामाजिक सञ्जालमा उनका विभिन्न मुद्दा बाहिरिएपछि प्रधानमन्त्री सुशीला कार्कीले शपथ रोकेकी थिइन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077