Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

खगेन्द्र सुनारलाई ५० हजार रूपैयाँ धरौटीमा छोड्न अदालतको आदेश

खगेन्द्र सुनारलाई ५० हजार रूपैयाँ धरौटीमा छोड्न अदालतको आदेश

बिहिवार , कार्तिक १३, २०८२

काठमाडौं । श्रममन्त्रीमा सिफारिस भएर अन्तिम समयमा शपथ खान नपाएका खगेन्द्र सुनारलाई धरौटीमा छोड्ने आदेश दिएको छ।

काभ्रेपलाञ्चोक जिल्ला अदालतले न्यायाधीश नगेन्द्रकुमार कालाखेतीको इजलासमा बिहीबार सुनारलाई ५० हजार रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको हो ।

विद्युतीय कारोबारको आरोप लागेर पक्राउ गर्न पूर्जी जारी भएका सुनार बिहीबार बिहान अदालतमा उपस्थित भएका थिए ।

अधिवक्ता मनिषा गौतमविरुद्ध अपशब्द प्रयोग गर्दै फेसबुक स्टाटस लेखेको, सामाजिक सञ्जालमा लाइभ बसेर गालीगलोज गरेको आरोपमा सुनारमाथि साइबर ब्यूरोमा उजुरी परेको थियो । गौतमको स्थायी ठेगाना काभ्रेपलाञ्चोक भएका कारण ब्यूरोले उक्त मुद्दालाई जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक पठाएको थियो । अनुसन्धानका क्रममा सुनार फरार रहेका कारण प्रहरीले फरार राखेर गत साउन २ गते अदालतमा मुद्दा पेश गरेको थियो ।

जिल्ला अदालतमा २०८२ सालको साउनमा दोस्रो मुद्दाको रुपमा दर्ता भएको मुद्दा सरकारवादी फौजदारीको रुपमा दर्ता भएको थियो । त्यसको तीन दिन पछाडि साउन ५ गते सुनारलाई पक्राउको लागि जिल्ला अदालतले सुनारको स्थायी ठेगाना भएको प्रहरी कार्यालय दैलेखमा पक्राउ गर्न पुर्जी जारी गरेको थियो ।

अदालतकी श्रेस्तेदार इन्दिरा कार्कीका अनुसार, गत साउन ५ गते ७ दिन र ३५ दिन म्याद राखेर पक्राउ पुर्जी जारी गरेको थियो ।

सुनारमाथि सुर्खेतमा पनि स्वास्थ्य संस्था तोडफोड र स्वाथ्यकर्मीमाथि कुटपिटको आरोपमा समेत पक्राउ पुर्जी जारी भएको थियो ।

केही दिनअघि श्रममन्त्रीको नियुक्तिको तयारी हुँदै गर्दा उनका विभिन्न मुद्दा बाहिरिएपछि प्रधानमन्त्री सुशीला कार्कीले शपथ रोकेकी थिइन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077