Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अन्ततः बालेनको समर्थनमा नयाँ पार्टी खोल्दै कुलमान

अन्ततः बालेनको समर्थनमा नयाँ पार्टी खोल्दै कुलमान

शुक्रवार , कार्तिक १४, २०८२

काठमाडौं । जेनजी आन्दोलनपछि बनेको शुसीला कार्की नेतृत्वको सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन गर्ने घोषणा गरेसँगै अहिले नयाँ दल दर्ता गर्नेहरुको लाइन नै लागेको छ ।

नेत्रविक्रम चन्द ‘विप्लव’ देखि श्रीमतीसँग एउटै पार्टीमा बस्न नसकेका रेशम चौधरी र हर्क साम्पाङसम्मले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिइसकेका छन् ।

जेन–जी आन्दोलनपछि वैकल्पिक शक्तिका रूपमा उदाउन काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ पनि तयार छन् । बालेनलाई ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ प्रस्ताव गरेपछि उनले पनि सहयोगीहरुमार्फत छलफल अगाडि बढाइरहेका छन् ।

जेनजी समेतको समर्थन पाएका मेयर शाह र दैनिक १८ घण्टाको लोडसेडिङ हटाएर वाहीवाही कमाएका अन्तरिम सरकारका उर्जामन्त्री घिसिङ पनि नयाँ दल दर्ता गर्न सहमत भएका छन् ।

ऊर्जामन्त्री घिसिङ अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आइएसए) को आठौं सभामा भाग लिन दिल्ली पुगेका बेला नयाँ दल दर्ताका लागि यहाँ भने छलफल चलिरहेको स्रोतको दावी छ ।

बालेन र घिसिङका ‘कोर टिम’हरुबीच अहिले पनि दैनिकजसो छलफल जारी छ । घिसिङ नेपाल फर्किएलगत्तै नयाँ दल दर्ताको टुंगो लाग्ने बताइन्छ ।

बालेनले अफ्ना सहयोगी कुमार बेनदेखि सुमना श्रेष्ठ, भुपदेव शाह र सन्तोष गिरीहरुलाई नयाँ पार्टी गठनको जिम्मा दिएका छन् । गिरी तिनै व्यक्ति हुन्, जसले यसअघि बालेनकै समर्थनमा रुपन्देहीबाट चुनावमा उठ्ने तयारी गरेका थिए ।

प्रखर वक्ताको पहिचान बनाइसकेका गिरीलाई बालेनले संगठलाई चलायमान बनाउनकै लागि नयाँ पार्टीको संगठन विभाग प्रमुख बनाउन जोड दिइरहेका छन् ।

आफू जनप्रनितिधि भएकोले अहिले नै पार्टीमा प्रत्यक्ष रुपमा देखा नपर्ने तर, आफू निकटका व्यक्तिहरुलाई पार्टीको मुख्य पदमा राख्न बालेन र घिसिङ राजी भइसकेको बताइन्छ ।

‘नयाँ दल दर्ता गर्ने विषयको छलफल अन्तिम चरणमा पुगिसकेको छ । मन्त्रीज्यू (घिसिङ) स्वदेश फर्केलगत्तै पदाधिकारीहरुको टुंगा लगाएर दल दर्ता हुन्छ ।’स्रोतले अनलाइन नेपालसँग भन्यो ।

नयाँ पार्टीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का असतुष्टहरु नेताहरुलाई समेत ल्याउने तयारी छ ।

हुनत बालेन र घिसिङ रवि लामिछाने र उनको पार्टीलाई नै नयाँ पार्टीमा समावेश गराउन खोजेका थिए । तर, लामिछाने आफै नेतृत्वमा बस्न चाहने भएकाले त्यो सम्भव नभएको घिसिङ निकट स्रोत बताउँछ ।

रास्वपाका सभापति लामिछानेले भने बालेन आफैं नेतृत्व गर्ने गरी आए सभापति छाडिदिने तर बाहिरबाट कोही व्यक्ति आए पद नछाड्ने खबर बालेनसामु पुर्याएपछि बालेन र रास्वपाबिचको संवाद रोकिएको छ ।

बालेन समूहका नेताहरूले ऊर्जामन्त्री घिसिङलाई रास्वपाको सभापति बनाउन चाहेका थिए ।तर लामिछानेले यो प्रस्तावलाई अस्वीकार गरेका थिए ।

यद्यपी तोसिमा कार्की, गणेश कार्की, मुकुल ढकाललगायत भने बालेन–घिसिङको पार्टीमा आउन राजी भएको बुझिएको छ ।

रास्वपाले यस अघि नै निर्वाचनका लागि एउटै पार्टी बनाएर जाने भन्दै बालेन र जेनजी प्रतिनिधिहरुलाई छलफलका लागि डाकिसकेको छ ।

तर, बालेन र घिसिङ नयाँ दल खोल्ने योजनामा रहेकाले उनीहरुले सामान्य छलफल गरेपनि रास्वपासँग मिलेर जाने विषयमा बालेन सहमत छैनन् ।

धरानका मेयर साम्पाङले नयाँ पार्टी खोलिसकेपछि बालेन–घिसिङ अर्का स्वतन्त्र मेयर गोपी हमाल र जेनजीको प्रतिनिधिहरुलाई पार्टीमा राख्न पनि वार्ता गरिरहेका छन् ।

जेनजी प्रतिनिधि मिराज ढुंगानालगायतको समूहले पार्टी दर्ता गर्ने घोषणा गरिसकेको अवस्थामा घिसिङ उनीहरुलाई पनि समेट्न चाहन्छन् ।

बालेन, घिसिङ र सुमना श्रेष्ठले खोल्न लागेको नयाँ दलमा हालका जेनजी प्रतिनिधि, पुराना विवेकशील साझामा रहेकाहरू, कांग्रेस–एमाले छाडेकाहरू, आन्दोलनको अग्रमोर्चामा देखिएका निश्चल बस्नेतलगायतका कलाकारहरू समेटिन लागेको स्रोतको दाबी छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077