Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

पोखरामा नेकपा एमालेको शक्ति प्रदर्शन

पोखरामा नेकपा एमालेको शक्ति प्रदर्शन

शनिवार , कार्तिक १५, २०८२

काठमाडौं । नेकपा एमाले जिल्ला कमिटी कास्कीले संविधानको रक्षाका लागि पोखरामा शनिबार मोटरसाइकल र्‍याली निकालेको छ।

पोखरा सभागृहबाट सुरु भएको र्‍याली पृथ्वीचोक, नयाँबजार, महेन्द्रपुल, चिप्लेढुंगा, न्यूरोड, सिर्जनाचोक, लेकसाइड हुँदै शहीद चोकमा आएर कोणसभामा परिणत भएको थियो।

एमालेले संविधानको रक्षा, प्रतिगामी षड्यन्त्र र अराजकताविरुद्ध मोटरसाइकल र्‍याली निकाल्ने भएको एमाले कास्कीका अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्रीले जानकारी दिए।

र्‍यालीमा एमाले स्थायी कमिटी सदस्य खगराज अधिकारी, जगत विश्वकर्मा, पोलिटब्युरो सदस्य महेश बस्नेत, राजीव पहारीसहितका नेता सहभागी थिए।

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077