Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

एमालेले घोषणा गर्‍यो 'युथ भोलेन्टियर फोर्स'

एमालेले घोषणा गर्‍यो 'युथ भोलेन्टियर फोर्स'

आइतवार , कार्तिक १६, २०८२

काठमाडौं । नेकपा एमालेले युथ भोलेन्टियर फोर्स घोषणा गरेको छ ।

आइतबार अध्यक्ष केपी शर्मा ओली निवास गुण्डुमा जनसंगठन समन्वय संयन्त्रले आयोजना गरेको विशेष भेलाले ‘युथ भोलिन्टियर फोर्स’को घोषणा गरेको हो ।

भेलामा एमाले अध्यक्ष ओलीसहित ओली पत्नी शाक्य यस्तै एमाले नेता तथा जनसंगठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकाल, महेश बस्नेत, युवा संघका अध्यक्ष क्षितिज थेबेलगायतका नेताहरुको उपस्थिति थियो।

पोलिटब्युरो सदस्य महेश बस्नेतले विगतमा युथ फोर्स निर्माण गरेर माओवादीको आतंक हटाएको उल्लेख गर्दै नेता बस्नेतले अहिले पनि सबै खालका अराजकता विरुद्ध युथ भोलेन्टियर्स फोर्सले काम गर्ने जानकारी दिए ।

युथ भोलेन्टियरको घोषणाले नेकपा एमालेको युवा दस्ता पार्टीका लागि रक्षात्मक र आक्रमक रुपमा अघि बढ्ने देखिएको उनले बताए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077