Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

लागु पदार्थ र मापसे सेवन गरी स्कुल बस चलाउने चालक पक्राउ

लागु पदार्थ र मापसे सेवन गरी स्कुल बस चलाउने चालक पक्राउ

बुधवार , कार्तिक १९, २०८२

काठमाडौँ । काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा गरिएको विशेष ट्राफिक चेकिङका क्रममा लागुऔषध (लापसे) र मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने नौ जना चालक पक्राउ परेका छन् ।

बुधबार गरिएको चेकिङमा लागुऔषध सेवन गरेका चारजना र मादक पदार्थ सेवन गरेका पाँचजना चालक पक्राउ परेका हुन् ।

नियन्त्रणमा परेकामध्ये २ जना सार्वजनिक यातायात (भाडाका बस) चालक, २ जना विद्यालय बस चालक र १ जना माइक्रोबस चालक रहेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

यस्तै लागुऔषध सेवन गरी सवारी चलाउने ४ जना भाडा बस चालक पनि प्रहरीले पक्राउ गरेको जनाएको छ ।

पक्राउ परेका सबै चालकलाई आवश्यक अनुसन्धान र कानुनी कारबाहीका लागि सम्बन्धित प्रहरी कार्यालयमा पठाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेश राज सुवेदीले जानकारी दिए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077