काठमाडौं । जेनजी आन्दोलनको क्रममा नख्खु कारागारबाट फरार भएका हाडनाता करणीमा २५ वर्ष जेल सजाय सुनाइएका भरत लामिछाने 'कालीबाबा' पक्राउ परेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई काठमाडौंबाट पक्राउ गरेको हो ।
हाडनाता करणीमा उनलाई काठमाडौं जिल्ला अदालतले २५ वर्ष कैद र १ लाख रुपैयाँ जरिवानाको फैसला सुनाएकोमा उच्च अदालत पाटनले पनि त्यसलाई सदर गरेको थियो ।
नख्खु कारागारमा थुनामा रहेका उनी गत भदौ २४ देखि फरार थिए ।
उनको अझै १४ वर्ष कैद सजाय बाँकी रहेको छ ।
पक्राउ परेका लामिछानेलाई पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि नख्खु कारागार पठाइएको छ ।