Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

प्रधानमन्त्रीको राजीनामा माग गर्दै महेश बस्नेतले भने- दुई दिनभित्र राजनीतिक जीवनबाट टाटा बाइ बाइ गराउँछौं

प्रधानमन्त्रीको राजीनामा माग गर्दै महेश बस्नेतले भने- दुई दिनभित्र राजनीतिक जीवनबाट टाटा बाइ बाइ गराउँछौं

शुक्रवार , मंसिर ५, २०८२

काठमाडौं । नेकपा एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेतले प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गरेका छन्।

एमालेको ‘युथ भोलेन्टियर फोर्स’ घोषणा कार्यक्रममा सम्बोधन गर्दै उनले प्रधानमन्त्रीको यस्तो राजीनामा मागेका हुन् ।

बस्नेतले भने- 'फास्ट ट्र्याकबाट सुशीला आमाले राजीनामा दिनुस् । विधि प्रक्रियाबाट देश चल्ने हो । दलबाट देश चल्ने हो।  दलबाट बाहिरबाट राजनीति हुँदैन ।'

प्रधानमन्त्री कार्कीले राजीनामा दिएर विधि र प्रक्रियाबाट देशलाई चलाउन बताएका छन् ।

भोलिको प्रदर्शन ६० हजार मान्छे सहभागी हुने बताउदै बस्नेतले थप भने- 'भोलि ११ बजे भृकुटीमण्डपमा हामी भला हुन्छौँ। त्यहाँ ६० हजारभन्दा धेरै जम्मा भएर सभा गर्दैछौँ सुशीला आमालाई राजनीतिक जीवनबाट टाटा बाइ बाइ गराएर उहाँलाई छोराछोरीसँग बेलायत जानुपर्ने बनाइदिन्छौँ।'

उनले राजनीति दल र नेताहरूले गर्ने भन्दै प्रधानमन्त्री सुशीला कार्कीले दुई तिन दिनभित्र राजीनामा दिने दाबी गरे।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077