Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ढल व्यवस्थापन र सडक मर्मत छिटो गर्ने मन्त्री घिसिङको निर्देशन

ढल व्यवस्थापन र सडक मर्मत छिटो गर्ने मन्त्री घिसिङको निर्देशन

शनिवार , मंसिर ६, २०८२

काठमाडौं । शहरी विकासमन्त्री कुलमान घिसिङले बागमती नदी करिडोर क्षेत्रको ढल व्यवस्थापन र सडक स्तरोन्नतिको कामबारे अनुगमन गरेका छन् ।

मन्त्री घिसिङले शनिबार बिहान गुहेश्वरी-गोकर्ण खण्ड अन्तर्गत गोकर्णेश्वर नगरपालिका-५ जम्बुडाँडा क्षेत्रमा पुगेर कामको प्रगतिबारे अनुगमन गरेका हुन् ।

जम्बुडाँडा क्षेत्रमा ढल र सडक मर्मतका लागि ठेक्का लगाइएको भए पनि काम सन्तोषजनक ढंगले सम्पन्न भएको छैन ।

मन्त्री घिसिङले निर्माण व्यवसायीलाई निर्देशन दिँदै भने- 'नदी सफा भए मात्र शहर सफा हुन्छ । त्यसैले ढल व्यवस्थापन, सडक मर्मत र नदीमा फालिएको फोहोर हटाउने काम उच्च प्राथमिकतामा राखिएको छ ।'

अनुगमनका क्रममा गुहेश्वरी-गोकर्ण खण्डमा बेवारिसे अवस्थामा रहेको सवारी साधन हटाइएको छ भने नदीमा फालिएको फोहोर र लेदो हटाउने काम सुरु गरिएको छ । मन्त्री घिसिङले उक्त क्षेत्रको चेक बाँध सञ्चालनमा ल्याएर साना तलाउ बनाएर पर्यटकीय क्षेत्रको रूपमा विकास गर्ने योजना रहेको बताए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077