Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

संसदीय समितिले बोलायो मन्त्री घिसिङलाई छलफलमा

संसदीय समितिले बोलायो मन्त्री घिसिङलाई छलफलमा

सोमवार , मंसिर ८, २०८२

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङलाई संसदीय समितिले छलफलमा बोलाएको छ ।

राष्ट्रियसभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले मन्त्री घिसिङसँग मन्त्रालयका विभिन्न महत्वपूर्ण विषयमा प्रत्यक्ष जानकारी लिने उद्देश्यले छलफल आह्वान गरेको हो।

समितिको बैठक आज बिहान साढे ११ बजे बस्नेछ ।

घिसिङसँग भारतसँगको विद्युत व्यापार सम्झौता, खर्च कटौतीको निर्णयले पारेको प्रभाव, नयाँ संसद भवन निर्माणको प्रगति विवरण, सुनकोसी मरिन डाइभर्सन आयोजना लगायत मन्त्रालयसँग सम्बन्धित विविध विषयमा छलफल हुने समिति सचिवालयले जनाएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077