Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

नेपालमा रुख काट्नुभन्दा मान्छे काट्न सजिलो छ, यस्ता कानुन फेर्नुपर्छ: मन्त्री घिसिङ

नेपालमा रुख काट्नुभन्दा मान्छे काट्न सजिलो छ, यस्ता कानुन फेर्नुपर्छ: मन्त्री घिसिङ

बुधवार , मंसिर १०, २०८२

काठमाडौं । उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री कुलमान घिसिङ नेपालमा रुख काट्नभन्दा मान्छे काट्न सजिलो भएको बताएका छन्।

राष्ट्रिय युवा परिषद्ले बुधवार आयोजना गरेको कार्यक्रममा देशमा उपलब्ध प्राकृतिक स्रोत–साधनको उचित उपयोग नहुँदा आर्थिक विकास अवरुद्ध भइरहेको
उनले यस्तो भनेका बताएका हुन् ।

राष्ट्रिय युवा परिषद्ले बुधवार आयोजना गरेको कार्यक्रममा उनले वन जंगलबारे बनाइएका कडा कानुनका कारण देशले ठूलो आर्थिक सम्भावना गुमाइरहेको बताए।

वन क्षेत्रलाई ‘इकोलोजी संरक्षण’ को नाममा प्रयोग गर्न नदिँदा राज्यले ठूलो मात्रामा आयातमा निर्भरता बढाउनुपरेको बताउदै उनले भने- 'आज एउटा रुख काट्नु र मान्छे काट्नुमा रुख काट्नलाई धेरै गाह्रो भएको छ। पाँच वर्षमा एउटा रुख काट्न गाह्रो छ। यस्ता ऐन कानून राखेर देश विकास हुँदैन। सबै कुरा चेन्ज गर्नुपर्छ। आगामी दिनमा नयाँ लिडरसिपले यो सबै कुरा चेन्ज गर्छ, गर्नुपर्छ। बंगलादेशले भुटानबाट ढुंगा र माटो ५०० ट्रक दिनको आयात गर्छ। हामी यहाँ ढुंगा माटो निकाल्न नै हुँदैन भनेर बसिरहेका छोँ। '

चीन र मलेसिया जस्ता देशबाट ४ खर्ब बराबरको काठका उत्पादनहरू नेपाल आयात गर्नुपरेको भन्दै उनले आफ्नै वनमा रहेको कच्चा पदार्थ भने कुहाएर फाल्नुपरेको बताए।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077