Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

सुदनसँग रविले भने - २०० वर्षमा पनि नभ्याउने गरी मुद्दा लगाइयो

सुदनसँग रविले भने - २०० वर्षमा पनि नभ्याउने गरी मुद्दा लगाइयो

बिहिवार , मंसिर १८, २०८२

काठमाडौं । नख्खु कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूलाई  '२०० वर्ष लाग्दा पनिनसकिने गरी' मुद्दाहरू थोपरेको गुनासो गरेका छन् ।

‘हामी नेपाल’ संस्थाका संयोजक तथा जेनजी अगुवा सुदन गुरुङसँग बिहीबार भएको भेटमा उनले यस्तो पीडा व्यक्त गरेको गुरुङले जानकारी दिएका हुन् ।

सुधनका अनुसार रविले आफू परीक्षणबाट डराउने व्यक्ति नभएको उल्लेख गर्दै भने,'बरु अर्को आयोग बनाएर भए पनि मलाई जति पनि छानबिन गरियोस्, म तयार छु। तर यतिधेरै मुद्दा छ कि २०० वर्ष लाएर पनि भ्याउन गाह्रो पर्छ।’

रवि भेटेर फर्किएका गुरुङले उनलाई गरिएको व्यवहारप्रति गहिरो दुःख लागेको बताए। राम्रो उद्देश्य लिएर अघि बढ्नेहरूलाई नियोजित रूपमा बदनाम गर्ने प्रवृत्ति बढेको उनले उल्लेख गरे।

उनले भने,’रवि राम्रो काम गर्छु भनेर आएको मान्छे हो। तर चरित्र हत्या, झूट, प्रपञ्च… सबै लगाइदिएको अवस्था छ। केही मान्छे र संगठनहरूको यो पुरानै रणनीति हो।’

रविले भेटका क्रममा मुद्दाहरू लामो समयसम्म अल्झाइराख्ने प्रवृत्तिले आफूलाई अन्याय भएको महसुस भएको बताए।

छिटो निर्णयका लागि आवश्यक भए नयाँ छानबिन आयोग नै बनाएर अघि बढ्नुपर्ने उनको माग रहेको सुधनले बताए।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077