Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

थप ५ देशका नागरिकलाई अमेरिका प्रवेशमा रोक, १५ देशविरुद्ध आंशिक प्रतिबन्ध

थप ५ देशका नागरिकलाई अमेरिका प्रवेशमा रोक, १५ देशविरुद्ध आंशिक प्रतिबन्ध

बुधवार , पौष २, २०८२

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले यात्रा प्रतिबन्धको दायरा थप फराकिलो पार्दै पाँच नयाँ देशलाई पूर्ण प्रतिबन्धको सूचीमा समावेश गरेको छ भने अन्य १५ देशमाथि आंशिक प्रतिबन्ध लगाएको छ ।

मंगलबार जारी गरिएको यो आदेश ट्रम्प प्रशासनको कडा अध्यागमन नीतिलाई निरन्तर अघि बढाउने प्रयासको हिस्सा भएको बताइएको छ ।

नयाँ निर्णयअनुसार अब बुर्किना फासो, माली, नाइजर, साउथ सुडान र सीरियाका नागरिकलाई अमेरिका प्रवेशमा पूर्ण रूपमा रोक लगाइएको छ। यसका साथै प्यालेस्टिनी प्राधिकरणद्वारा जारी गरिएका यात्रा कागजात बोकेका व्यक्तिहरूको अमेरिका यात्रामाथि पनि पूर्ण प्रतिबन्ध लगाइएको छ।

त्यसैगरी, आंशिक यात्रा प्रतिबन्धको सामना गर्ने देशहरूको सूचीमा थप १५ देश जोडिएका छन् । ती देशहरूमा अंगोला, एन्टिगुआ र बारबुडा, बेनिन, कोटे डी आइभर, डोमिनिका, ग्याबोन, गाम्बिया, मलावी, मौरिटानिया, नाइजेरिया, सेनेगल, तान्जानिया, टोंगा, जाम्बिया र जिम्बाब्वे रहेका छन्।

यसअघि जुन महिनामा राष्ट्रपति ट्रम्पले १२ देशका नागरिकलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाउने आदेश जारी गरेका थिए।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077