Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रवि र बालेनबीच सहमति नभएसम्म बाहिर निस्कन नदिने सुदन गुरुङको घोषणा

रवि र बालेनबीच सहमति नभएसम्म बाहिर निस्कन नदिने सुदन गुरुङको घोषणा

बिहिवार , पौष १०, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बीच सहमति नभएसम्म बाहिर निस्कन नदिने जेनजी आन्दोलनका अभियन्ता सुदन गुरुङले बताएका छन् ।

बिहीबार कुपोन्डोलस्थित कुमार बेनको घरमा लामिछाने र बालेनबीच वैकल्पिक शक्ति निर्माणको विषयमा छलफलका लागि जुटेका छन् ।

त्यसमा लामिछाने र बालेन दुवै समूहको सहभागिता रहेको छ । दुई जनालाई कोठाभित्र थुनेर उनीहरु बाहिर बसेका छन् ।

गुरुङले भिडियोमा भनेका छन्- 'उहाँहरु दुईजना नेताहरु (मेयर साप र रवि लामिछाने) भित्र हुनुहुन्छ । जबसम्म उहाँहरु मिल्नुहुँदैन तबसम्म निस्किन पाउनुहुन्न । हामीले ताला लगाएर राखेका छौँ । हामी यहाँ गार्ड बसेका छौँ कोठाको चाबि हामीसँग छ ।'

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077