Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

भक्तपुर–२ बाट एमाले सचिव महेश बस्नेत एकल उम्मेदवार सिफारिस

भक्तपुर–२ बाट एमाले सचिव महेश बस्नेत एकल उम्मेदवार सिफारिस

सोमवार , पौष २१, २०८२

भक्तपुर । नेकपा एमाले भक्तपुर निर्वाचन क्षेत्र समन्वय कमिटीले पार्टी सचिव महेश बस्नेतलाई प्रतिनिधि सभा निर्वाचनका लागि एकल उम्मेदवारका रूपमा सिफारिस गरेको छ।

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन अन्तर्गत भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ बाट प्रत्यक्षतर्फ बस्नेतलाई उम्मेदवार सिफारिस गरिएको हो।

बस्नेतका अनुसार सो क्षेत्रमा राजेन्द्र राजथला र अनिल श्रेष्ठले पनि उम्मेदवारीको दाबेदारी प्रस्तुत गरेका थिए ।

तर पार्टी एकता र सर्वसम्मतिको पक्षमा उनीहरूले आफ्नो दाबी फिर्ता लिएपछि आफूलाई एकल उम्मेदवारका रूपमा सिफारिस गरिएको उनले बताए ।

;साथीहरूले पार्टी हितलाई प्राथमिकता दिँदै सर्वसम्मतको वातावरण बनाउन सहयोग गर्नुभयो,' बस्नेतले भने ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077