Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

डोनाल्ड ट्रम्पले भने - मध्यावधि जितेनौँ भने मलाई महाभियोग लगाउँछन्

डोनाल्ड ट्रम्पले भने - मध्यावधि जितेनौँ भने मलाई महाभियोग लगाउँछन्

बिहिवार , पौष २४, २०८२

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी सन् २०२६ को मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले जित हासिल गर्न नसके आफूविरुद्ध महाभियोगको प्रक्रिया अघि बढ्न सक्ने भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन् ।

मंगलबार वाशिङ्टनमा आयोजित हाउस रिपब्लिकन कोकस रिट्रिटलाई सम्बोधन गर्दै ट्रम्पले मध्यावधि निर्वाचनलाई आफ्नो राजनीतिक भविष्यसँग प्रत्यक्ष जोडिएको विषयका रूपमा प्रस्तुत गरे। उनले रिपब्लिकनहरूले यो निर्वाचन अनिवार्य रूपमा जित्नुपर्नेमा जोड दिए।

ट्रम्पले चेतावनी दिँदै भने, “यदि नोभेम्बरमा रिपब्लिकनहरूले हाउस अफ रिप्रेजेन्टेटिभ्समा नियन्त्रण कायम राख्न सकेनन् भने डेमोक्रेटहरूले मलाई महाभियोग लगाउने कारण खोज्नेछन्। मध्यावधि जित्नैपर्छ, नत्र मलाई महाभियोग लाग्नेछ।”

रिट्रिटमा उपस्थित रिपब्लिकन सांसदहरूलाई उनले पार्टीभित्र एकता कायम गर्न र निर्वाचन केन्द्रित रणनीतिमा केन्द्रित हुन आग्रह गरे। ट्रम्पका अनुसार मध्यावधि निर्वाचन केवल पार्टीको हैसियतको सवाल मात्र नभई राष्ट्रपतिको निरन्तरतासँग पनि जोडिएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077