Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

इरानको दोस्रो ठुलो सहर प्रदर्शनकारीले कब्जामा लिएको ट्रम्पको दाबी

इरानको दोस्रो ठुलो सहर प्रदर्शनकारीले कब्जामा लिएको ट्रम्पको दाबी

शनिवार , पौष २६, २०८२

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको दोस्रो ठूलो सहर मसहद प्रदर्शनकारीहरूको नियन्त्रणमा पुगेको दाबी गरेका छन् ।

उनले सामाजिक सञ्जालमा एक भिडियो पोस्ट गर्दै 'दश लाखभन्दा बढी मानिस सडकमा उत्रिएका छन्, सरकारी सुरक्षाकर्मीहरूले सहर छाडेका छन्' भन्ने दाबी गरेका हुन् ।

तर ट्रम्पको यो दाबी हालसम्म कुनै पनि विश्वसनीय अन्तर्राष्ट्रिय सञ्चार माध्यम वा स्वतन्त्र स्रोतबाट पुष्टि भएको छैन । मसहदमा सुरक्षा बलले सहर त्यागेको वा सहर प्रदर्शनकारीहरूको पूर्ण नियन्त्रणमा पुगेको प्रमाणित रिपोर्ट सार्वजनिक भएको छैन ।

मसहद इरानको सबैभन्दा ठूलो धार्मिक सहर हो। करिब चार लाख जनसंख्या रहेको यो सहर तुर्कमेनिस्तान र अफगानिस्तानको सीमासँग नजिक अवस्थित छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077