Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कुलमानपछि बालेन पनि ‘रविको जालो’मा फस्ने महेश बस्नेतको दाबी

कुलमानपछि बालेन पनि ‘रविको जालो’मा फस्ने महेश बस्नेतको दाबी

आइतवार , पौष २७, २०८२

काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङको राजनीतिक भविष्य गम्भीर संकटमा परेको टिप्पणी गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको एकता प्रयास असफल भएपछि घिसिङ ‘न घरको न घाटको’ अवस्थामा पुगेको उनको दाबी छ।

सामाजिक सञ्जालमा लेख्दै बस्नेतले रवि लामिछानेको भरोसामा पर्दा कुलमान घिसिङले मन्त्री पद र समानुपातिक उम्मेदवार बन्ने दुवै अवसर गुमाएको उल्लेख गरेका छन् ।

उनका अनुसार केही महिनाका लागि प्राप्त मन्त्री पदले घिसिङलाई तत्कालीन हैसियत त दियो, तर त्यसको मूल्यमा दीर्घकालीन राजनीतिक भविष्य नै समाप्त भयो।

बस्नेतले रवि लामिछानेको राजनीतिलाई ‘माकुराको जालो’ सँग तुलना गर्दै त्यसमा परेपछि उम्किन नसकिने तर्क गरेका छन्। उनका अनुसार नेकपा एमाले र नेपाली कांग्रेसजस्ता स्थापित दलहरू चराझैँ बलिया छन्, जसले यस्ता जालो च्यात्न सक्छन्, तर कुलमान घिसिङ र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहजस्ता पात्रहरू पुतलीजस्तै कमजोर भएको टिप्पणी गरेका छन्।

उनले अन्तर्राष्ट्रिय शक्तिले बुनेको रवि लामिछानेको राजनीतिक जालोमा परेर कुलमान घिसिङ अन्धकारतिर धकेलिएको दाबी समेत गरेका छन्। 'अस्थायी मन्त्रीको पद केही महिनाका लागि आयो, तर त्यसको मूल्यमा राजनीतिक भविष्य नै समाप्त भयो,' बस्नेतले लेखेका छन्।

बस्नेतले कुलमानको अवस्था देखेर अब काठमाडौँका मेयर बालेन शाहको पालो आएको चेतावनी पनि दिएका छन्। उनका अनुसार बालेन शाह पनि रवि लामिछानेको राजनीतिक जालोमा पर्ने दिन धेरै टाढा छैन।

पार्टी एकताको नाममा रवि लामिछानेले कुलमान घिसिङलाई प्रयोग गरेर बिचल्लीमा पारेको र समानुपातिक उम्मेदवार दर्ता गर्ने समयसमेत घर्किएको बस्नेतको जिकिर छ।

सामाजिक सञ्जालमा चर्चित पात्रहरू अन्ततः राजनीतिक रूपमा सफल हुन नसक्ने संकेत गर्दै उनले नेपालको वास्तविक शक्ति स्थापित र पुराना दलहरूमै रहेको दाबी गरेका छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077